राष्ट्रिय फुटबल टोलीमा १७ खेलाडी थपिए

काठमाडौं, १६ बैशाख । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एसियन कप छनोटको अन्तिम चरणका लागि बन्द प्रशिक्षणमा रहेको राष्ट्रिय फुटबल टोलीमा १७ खेलाडी थपेका छन् ।
प्रशिक्षक अलमुताइरीको कार्यशैलीप्रती असन्तुष्टि जनाउँदै मंगलबार क्याम्प छाडेका १० खेलाडीको ठाउँमा उनले विकेश कुथु, जर्ज प्रिन्स कार्कीलगायतका १७ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् ।
थपिएका खेलाडीले बुधबारबाट नै प्रशिक्षण सुरु गरेको बताइएको छ । विकेश भने प्रशिक्षणमा सामेल थिएनन् ।
टोलीमा बोलाइका १७ नयाँ खेलाडी
विकेश कुथु, जर्ज प्रिन्स कार्की, विशाल सुनार, अनिष चौधरी, निरकुमार राई, सुनिल श्रेष्ठ, सुशील राई, आकाश बुढामगर, राजन गुरुङ, सेसेहाङ आङदेम्बे, शिव गुरुङ, अविषेक बराल, संजोक राई, मनिष मगर, विकास तामाङ, रोशन राना र रुपबहादुर लामा ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


