काठमाडौं, १५ बैशाख । फिल्म ‘लाइफ इन एलए’ को ट्रेलर सार्वजनिक भएको छ । निर्माण युनिटले फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचार प्रसारलाई व्यापकता दिन ट्रेलर सार्वजनिक गरेको जनाएको छ ।

२ मिनेट ५५ सेकेडको ट्रेलरमा फिल्मका मुख्य कलाकार आकेशा विष्ट, शिल्पा मास्केको प्रेमका उतार–चढाव देखाइएको छ ।

त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्म ‘लाइफ इन एलए’मा ब्यास बिस्सु, आकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लगायतको अभिनय छ ।

सूर्य एन श्रेष्ठको निर्देशन रहेको फिल्ममा एलिस कार्की र प्रतिक पौडेलको संगीत छ । ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्म ब्यास बिस्सुले निर्माण गरेका हुन् ।

भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन फिल्ममा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ ।