सवारी दुर्घटनामा परे गायक प्रमोद खरेल

काठमाडौं, १५ बैशाख । गायक प्रमोद खरेल सवारी दुर्घटनामा परेका छन् ।
काठमाडौंबाट नेपालगञ्ज हुँदै दाङको तुलसीपुर जाने क्रममा बिहीबार बिहान १ बजे उनी कार दुर्घटनामा परेका हुन् ।
आफु कार दुर्घटनामा परेको गायक खरेलले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । उनले एउटा अर्काे युद्ध जितियो जिन्दगीसँग भन्दै आफु दुर्घटनामा जानकारी दिएका छन् ।
राती ४ बजे अस्पतालबाट डिस्चार्ज भएर काठमाडौं आएको समेत उल्लेख गरेका उनले अहिले आफु बेड रेष्टमा रहेको जनाएका छन् ।
आयोजकले चलाएको कार सडकको पर्खालमा ठोकिएर दुर्घटनामा परेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


