सेमिफाइनलको पहिलो लेगमा लिभरपुलको सहज जित

एजेन्सी, १५ बैशाख । च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब लिभरपुलले सहज जित निकालेको छ ।
बुधबार राति घरेलु मैदान एनफिल्डमा भएको खेलमा उसले स्पेनिस क्लब भिल्ला रियलविरुद्ध २–० को जित निकालेको हो ।
लिभरपुललाई जित दिलाउन सादियो मानेले एक गोल गरे । लिभरपुलले एक गोल भने आत्मघाती उपहार स्वरूप प्राप्त ग¥यो । खेलको ५३ औं मिनेटमा भिल्ला रियलका डिफेन्डर पेर्भिस इस्टुपिनानले आत्मघाती गोल गरेपछि लिभरपुलले अग्रता लिएको थियो ।
५५ औं मिनेटमा मानेले गोल घरेलु टोलीलाई २–० को सहज जित दिलाए । यो जितसँगै लिभरपुलले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो लेगमा बराबरीको नतिजाले पनि उ फाइनल पुग्नेछ ।
भिल्ला रियलका लागि भने फाइनल पुग्न फराकिलो जित निकाल्नु पर्ने अवस्था आएको छ । दोस्रो लेग ४ मेमा भिल्ला रियलको घरेलु मैदान एल मड्रिगलमा हुनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


