काठमाडौं, १५ बैशाख । इटालियन सिरी ‘ए’ अन्तर्गत बुधबार रातिको खेलमा उपाधि होडमा रहेको इन्टर मिलान पराजित भएको छ ।इन्टर घरेलु टोली बोलोग्नासँग २–१ ले पराजित भएको हो ।

रेनाटो डल’आरा स्टेडियममा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा इन्टर स्तब्ध भयो । खेलको तेस्रो मिनेटमै इभान पेरिसिचले इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए ।

२८ औं मिनेटमा मार्को अर्नाउटोभिचले बोलोग्नालाई १–१ को बराबरीमा ल्याए । ८१ औं मिनेटमा निकोला सान्सवनले गोल गर्दै घरेलु टोलीलाई २–१ को रोमाञ्चक जित दिलाए ।

यो हारसँगै शीर्ष स्थानमा उक्लने मौका गुमाएको इन्टर ३४ खेलमा ७२ अंक जोडेर दोस्रो स्थानमा छ । जित निकालेको बोलोग्ना समान खेलबाट ४२ अंकका साथ १३ औं स्थानमा छ ।