काठमाडौं, १५ बैशाख । कमल थापा नेतृत्वको राप्रपा नेपालकी केन्द्रीय सदस्य उर्मिला अधिकारीले पार्टी परित्याग गरेकी छन् ।

थापा निकट महिला संगठनकी उपाध्यक्ष समेत रहेकी उनले राप्रपाको केन्द्रीयसहित साधारण सदस्य समेतबाट राजीनामा दिएकी हुन् ।

अध्यक्ष थापालाई सम्बोधन गर्दै उनले बिहीबार राजीनामा दिएकी हुन् ।

यसअघि बुधबार उपाध्यक्ष उद्धव पौडेलले पनि साधारण सदस्यबाटै राजीनामा दिएका थिए ।