काठमाडौं, १५ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा १५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ८२२ जनाको पीसीआर परीक्षण गर्दा १५ र ९९३ जनाको एन्टीजेन परीक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन भने १८ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ९८१ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ । त्यस्तै, ९ लाख ६६ हजार ५९३ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर २४९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २४५ जना होम आइसोलेसनमा र ४ जना संस्थागत आइसोलेसनमा छन् ।