काठमाडौं, १५ बैशाख । त्रिभुवन विश्वविद्यालयले बैशाख २२ गतेदेखि आगामी जेठ १३ गतेसम्म बिदा दिने निर्णय गरेको छ ।

यो बिदा त्रिवि अन्तर्गत रहेका आंगिक क्याम्पसहरुमा लागू हुने जनाइएको छ ।

त्रिविले एक सूचना प्रकाशन गरेर बैशाख १४ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले चालू शैक्षिक सत्रको वर्षे विदाको रुपमा १ महिना विदा दिइने उल्लेख छ ।

तर परीक्षा चलिरहेको भए परीक्षा यथावत रुपमा नै सञ्चालन हुने सूचनामा जनाइएको छ ।