आइसिसी विश्वकप : नेपालले त्रिकोणात्मक एकदिवसीय सिरिज अमेरिकामा खेल्दै

काठमाडौं, १४ बैशाख । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आफ्नो चौथो त्रिकोणात्मक एकदिवसीय सिरिज आगामी महिना अमेरिकामा खेल्दैछ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले निकालेको तालिकाअनुसार जुन ८ देखि १५ सम्म अमेरिकाको टेक्सासस्थित पियरी भ्यू क्रिकेट कम्प्लेक्समा हुने सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।
सिरिजको नेपालले पहिलो खेल ओमानसँग खेल्नेछ । नौ जुनमा हुने खेल नेपाली समयअनुसार राति ९ः१५ बजे सुरु हुनेछ । सिरिजमा नेपालले दुवै देशसँग दुई–दुई गरी जम्मा चार खेल खेल्नेछ ।
सात देश सम्मिलित सिरिजमा ओमान शीर्ष स्थानमा रहँदा अमेरिका पाँचौ र नेपाल छैटौं स्थानमा छन् । सबै खेल नेपाल समयअनुसार राति पौने नौ बजे सुरु हुनेछन् ।
खेल तालिका
नेपाल भर्सेस ओमान : ९ जुन
नेपाल भर्सेस अमेरिका : ११ जुन
नेपाल भर्सेस ओमान : १४ जुन
नेपाल भर्सेस अमेरिका : १५ जुन
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


