बुधबार ११ नयाँ संक्रमित थपिए, १७ जना संक्रमणमुक्त

काठमाडौं, १४ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा ११ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ११९ जनाको पीसीआर परीक्षण गर्दा ८ र १ हजार ७७२ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन भने १७ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर २५२ जना सक्रिय संक्रमित रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


