एजेन्सी, १३ बैशाख । चीनको राजधानी बेइजिङमा एकैचोटी ३५ लाख बासिन्दामा कोरोना परीक्षण गर्न लागिएको छ ।

बेइजिङको चाओयाङ जिल्लामा २६ जना संक्रमण पुष्टि भएपछि जिल्लाका सबैको कोरोना परीक्षण गर्न लागिएको हो ।

सबै बासिन्दाको तीन चरणमा परीक्षण गरिने बताइएको छ ।

बेइजिङमा पनि सांघाइ प्रान्तमा जस्तै अवस्था सिर्जना हुन सक्ने भन्दै त्रास रहेको बताइएको छ । त्राससँगै सुपरमार्केट तथा पसलहरूमा भीड देखिएको छ ।

बीबीसी समाचारका अनुसार सरकारले प्रर्याप्त खाद्यान्न रहेको भने पनि सांघाइको अवस्था हुनसक्ने त्रासले बासिन्दाहरू खाद्यान्न जोहो गर्न लागेका हुन् ।

सांघाइमा संक्रमण तीव्र बनेपछि हप्तौँदेखि लकडाउन गरिएको छ ।