काठमाडौं, १३ बैशाख । जलवायु परिवर्तनले मानसिक स्वास्थ्यमा नकारात्मक असर गर्ने देखिएको छ । डिप्रेशन हुने, पोस्ट ट्रमाटिक स्ट्रेस (पीटीएसडी) हुने देखिएको हो ।

एक अध्ययनअनुसार ५० प्रतिशतम्म मानिसलाई वातावरणीय प्रकोपले मानसिक स्वास्थ्यमा खराब अवस्था सिर्जना गर्ने देखिएको हो ।सोही अध्ययनले ५४ प्रतिशत वयस्क मानिस र ४५ प्रतिशत बालबालिकामा डिप्रेशन हुने देखाएको छ ।

आँधी आएपछि गरिएको एक अध्ययनअनुसार ४९ प्रतिशत मानिसमा डर तथा मुड खराब हुने समस्या देखिएको थियो । आँधी, हावाहुरीलगायतका वातावरणीय प्रकोपपछि तत्कालै अनिद्रा हुने, चिडचिडपन, डिप्रेशनलगायतको समस्या देखिने विज्ञहरूले बताएका छन् ।