एजेन्सी, १३ बैशाख । कोरोना संक्रमणको नयाँ लहरको आशंकाबीच भारतले खोपबारे ठूलो निर्णय लिएको छ ।

अब १२ वर्षभन्दा कम उमेरका बच्चालाई पनि कोरोनाको खोप लगाइनेछ । दुईवटा खोपलाई यसका लागि छानिएको छ । ५–१२ वर्षका बालबालिकालाई कोर्बेभ्याक्स र ६–१२ वर्षका बालबालिकालाई कोभ्याक्सिन लगाइनेछ ।

भारतको औषधी महानियन्त्रक डिसीजीआईले यसको आपतकालीन प्रयोगमा स्वीकृति दिएको छ । यसका साथै, १२ वर्षभन्दा माथिका लागि ‘श्थऋयख्–म्’ को दुई डोजको भ्याक्सिनले स्वीकृती पाएको हो ।

यद्यपि, यो खोप अभियान कहिले र कहाँबाट सुरु हुन्छ भनेर स्पष्ट जानकारी भने उपलब्ध छैन । खोप अभियानका लागि प्रधानमन्त्री नरेन्द्र मोदीसँग २७ अप्रिलमा छलफल हुँदैछ र त्यसपछि मात्रै यसबारे थप निर्णय लिइने बताइएको छ ।

स्मरण रहोस्, कोरोनाका अन्य लहरमा बालबालिकामाथि खासै गम्भीर असर देखिएको थिएन तर यसपटक बालबालिका यो नयाँ एक्सई भेरियन्टको चपेटामा आइरहेको छन् । विशेषगरी विद्यालय खोलिएपछि संक्रमितको संख्यामा वृद्धि भइरहेको आशंका जनाइएको छ ।