टर्की प्रवेश गरेका २२७ जनालाई अफगानिस्तान फर्काइयो

एजेन्सी, १३ बैशाख । अवैध रूपमा टर्की प्रवेश गरेका २२७ अफगान नागरिकलाई अफगानिस्तान फर्काइएको स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै बताएको छ ।
मालत्या एयरपोर्टबाट चार्टर्ड उडानहरू पुनस् शुरु भएदेखि कम्तिमा ६८१ अनियमित आप्रवासीहरूलाई अफगानिस्तान पठाइएको एरियाना न्युजले उल्लेख गरेको छ ।
शरणार्थीहरूका लागि युरोप जानका निम्ति टर्की एक प्रमुख ट्रान्जिट बिन्दु भनेको छ । यस देशले पहिले नै ४ मिलियन शरणार्थीहरूलाई होस्ट गरेको छ । हालै आप्रवासीहरुको नयाँ आगमनलाई रोक्न आफ्नो सिमानामा नयाँ सुरक्षा उपायहरू लिइरहेको छ । एरियाना न्युजले रिपोर्ट गरेको छ ।
गत वर्षको अगस्टको मध्यमा तालिबानले सत्ता कब्जामा लिएपछि अफगानिस्तानले निमरोज प्रान्त र टर्की हुँदै इरानजस्ता छिमेकी देशहरूमा अफगानीहरूको ठूलो संख्यामा पलायन मात्र भएको छैन सँगै जटिल समस्या पनि निम्तिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


