मंगलबार १० नयाँ संक्रमित थपिए, १८ जना संक्रमणमुक्त

काठमाडौं, १३ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा १० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा ८ र १ हजार १६२ जनाको एन्टीजेन परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन भने १८ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ९५५ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ । त्यस्तै, ९ लाख ६६ हजार ५५८ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर २६१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २६० जना होम आइसोलेसनमा र १ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


