उपमेयरको टिकट नपाएपछि रुना झा कांग्रेस छाडेर एमालेमा

जनकपुरधाम, १२ बैशाख । नेपाली कांग्रेसले जनकपुरधाम उपमहानगरपालिकाको उपमेयरमा टिकट नदिएपछि नेतृ रुना झा नेकपा एमालेमा प्रवेश गरेकी छन् ।
नेपाली कांग्रेसको प्रदेश समिती सदस्यबाट समेत राजीनामा दिदै झा एमालेमा प्रवेश गरेकी हुन् ।
झालाई एमाले नेतृ जुलीकुमारी महतोले पार्टी प्रवेश गराएकी हुन् । उनले एमालेबाट जनकपुरधामको उपमेयरमा उम्मेदवारी दिने भएकी छन् ।
कांग्रेसबाट जनकपुरधामको उपमेयरका लागि लबिंग गरिहेकी झाले अन्ततः टिकट पाउन नसके पछि टिकटकै लोभमा एमाले प्रवेश गरेकी हुन् ।
गठबन्धनभित्र आफ्नो कोटामा परेको जनकपुरधामको उपमेयरमा कांग्रेसले किशोरी साहलाइ उम्मेदवार बनाइसकेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


