जनकपुरधाम, १२ बैशाख । नेकपा एमालेको भातृसंगठन युवा संघका केन्द्रीय सचिवालय सदस्य तथा युवा संघको महोत्तरी जिल्ला इन्चार्ज कुन्दन झाले मेयरको टिकट पाउन एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

एमाले परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेलगत्तै झाले मेयरको टिकट पाएका हुन् ।

महोत्तरीको मनरा सिस्वा नगरपालिकामा मेयरका लागि एमालेले उनलाई टिकट नदिएपछि आजै माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

झालाई माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी प्रवेश गराएका हुन् ।