कांग्रेसबाट जनकपुरधामको उपमेयरमा किशोरी साह

जनकपुरधाम, १२ बैशाख । सत्तारुढ गठबन्धनभित्र नेपाली कांग्रेसको भागमा परेको जनकपुरधाम उपमहानगरपालिकाको उपप्रमुखको उम्मेदवारको टुंगो लागेको छ ।
कांग्रेसले जनकपुरधाम उपमहानगरको उपप्रमुखका लागि किशोरी साहलाई उम्मेदवार बनाउने भएको हो ।
कांग्रेसका पुराना नेता रहेका साह जनकपुर नगरपालिका हुँदा यसअघि पनि उपमेयर भइसकेका थिए ।
सत्ता गठबन्धनको सहमतिअनुसार जनकपुरधाममा जसपाले मेयर पाएको छ भने कांग्रेसले उपमेयर पाएको छ ।
जनकपुरधाम उपमहानगरमा जनता समाजवादी पार्टीले मेयरमा यसअघिका निवर्तमान मेयर लालकिशोर साहलाई टिकट दिएको छ ।
कांग्रेसका मेयरका दाबेदार मनोज साहले पार्टीबाट राजीनामा दिँदै स्वतन्त्रबाट आज उम्मेदवारी दर्ता गराउन लागेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


