मनोनयन दर्ताको पूर्वसन्ध्यामा एमालेले टुङ्गयायो जनकपुरको उम्मेदवार, अन्ततः हिराले मारे बाजि

जनकपुरधाम, ११ बैशाख । मनोनयन दर्ताको पूर्वसन्ध्यामा नेकपा एमालेले जनकपुरधाम उपमहानगरपालिकाको उम्मेदवारको टुंगो लगाएको छ ।
एमालेको सचिवालय बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरको नगरप्रमुखमा शिवशंकर साह हिरालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
एमालेले शनिबार ५ महानगर र ९ उपमहानगरको उम्मेदवार चयन गरेपनि जनकपुरधाम उपमहानगरको उम्मेदवार चयन गर्न सकेको थिएन । धेरै रसाकस्सी पश्चात् आइतबार मध्यराती उम्मेदवारको टुंगो लगाएको छ ।
जनकपुरधाममा सुरुमा शिवशंकर साह हिराको मात्र एकल नाम सिफारिस भएपनि केही दिनअघि मात्र लोसपा परित्याग गरी जानकीराम साह एमालेमा प्रवेश गरेपछि उम्मेदवार छान्न सकस भएको थियो । तर, अन्तोगत्वा हिराले नै बाजि मारेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


