खेलाडी संघको अध्यक्षमा विक्रम लामा सर्वसम्मत निर्वाचित

काठमाडौं, ११ बैशाख । खेलाडी संघको अध्यक्षमा नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य विक्रम लामा सर्वसम्मत निर्वाचित भएका छन् ।
आइतबार बसेको खेलाडी संघको निर्वाचन समितिको बैठकले अध्यक्षमा लामाको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।
उपाध्यक्षमा विकेश कुथु, सुजल श्रेष्ठ र वीराज महर्जन निर्वाचित हुँदा सदस्यमा रञ्जित धिमाल, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, सरोज दाहाल, रोहित चन्द र विशाल श्रेष्ठ छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले नवनिर्वाचित कार्यसमितिलाई प्रशंसापत्र हस्तान्तरण गर्दै कार्यकालको शुभकामना दिए ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष लामाले गुनासोलाई सम्बोधन गर्दै खेलाडीको सर्वाङ्गीण हितमा काम गर्ने विश्वास व्यक्त गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


