झापा, ११ बैशाख । झापा फुटबल क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा महावीर क्लब र प्लालिङ ब्वाईज युनाइटेड क्लबले बराबरी खेलेका छन् ।

एन्फा कप्लेक्स सातदोबाटोमा आइतबारको खेलमा दुवै टोलीले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।

सुरुवाती अग्रता जोगाउन नसक्दा महावीर अंक बाँड्न बाध्य बन्यो । खेलको चौथो मिनेटमा रविन तामाङले महावीरलाई सुरुवाती अग्रता दिलाएका थिए ।

५५ औं मिनेटमा प्लानिङका दिनेश श्रेष्ठले गोल गरेपछि खेल १–१ को बराबरीमा सकिएको हो ।

यो नतिजासँगै दुवै टोलीले दुई खेलबाट समान चार अंक जोडेका छन् । जारी लिगमा १४ टोलीको सहभागिता छ । जसमध्ये शीर्ष दुई टोली दोस्रो डिभिजनमा बढुवा हुँदा पुछारका दुई टोली भने घटुवा हुनेछन् ।