काठमाडौं, ११ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा १३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २५५ जनाको परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २५ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या २६९ रहेको छ ।

पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको निधन भएको छैन । सोही अवधिमा ४८ हजार ९४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।