जनकपुरधाम, ११ बैशाख । २०७४ सालको स्थानीय तह निर्वाचनमा कोठाबाहिर मत खसाउने अभियान नै चलाएको डा. सीके राउतले यसपटक भने जनमत पार्टी नामको दल दर्ता गरी औपचारिक रुपमै निर्वाचनमा सहभागिता जनाएको छ ।

निर्वाचनमा पहिलो पटक सहभागिता जनाएको जनमतले जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदमा आइतबार उम्मेदवारीसमेत दर्ता गराएको छ ।

जनमत पार्टीबाट जनकपुरधाम उपमहानगरको प्रमुखमा अनिता साहले मनोनयन दर्ता गराएकी हुन् ।

पार्टीको केन्द्रीय सचिवसमेत रहेकी साहलाई मेयरको उम्मेदवार बनाउन सिफारिस गरिएसँगै उनले उम्मेदवारी दर्ता गराएकी छन् ।

यसअघि सोमबार जनमत पार्टीले ११० वटा पालिकाको प्रमुख तथा उपप्रमुखको टुंगो लगाएको थियो ।