जनकपुरधामको उपमेयरमा एमालेका बागी चौधरीको पहिलो उम्मेदवारी

जनकपुरधाम, ११ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिकामा उम्मेदवारी दर्ता सुरू भएको छ ।
यसैबिच, पहिलो उम्मेदवारको रूपमा नेकपा एमालेबाट बागी बनेका उम्मेद्वार उमेश चौधरीले उपमेयरका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
उपमेयरमा उम्मेदवारी दर्ता गराएका चौधरीको क्रम संख्या १ रहेको छ ।
चौधरीले एमालेबाट टिकट नपाएपछि बागी भएर उम्मेदवारी दर्ता गराएका छन् ।
चौधरीले पार्टीमा पुँजीपती हावी भएपछि आफुले स्वतन्त्र उम्मेदवारी दिएको प्रतिक्रिया दिए ।
आफू निर्वाचित भएपछि शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्ने उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


