लोकप्रिय नेतृ विभा ठाकुरलगायत दर्जनौं नेता तमलोपामा प्रवेश

जनकपुरधाम, ११ बैशाख । मधेस आन्दोलनको अग्रणी भूमिकामा रहेकी जनकपुरधामकी लोकप्रिय नेतृ विभा ठाकुरलगायत दर्जनौं नेताहरू तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालको प्रभावशाली नेतृ ठाकुरसहित महोत्तरीका नेताहरू संजीव पाठक र विल्टु यादवलगायत दर्जनौं कार्यकर्ताहरू आइतबार औपचारिक रुपमै लोसपा परित्याग गरी तमलोपाको सदस्यता लिएका हुन् ।
नेतृ ठाकुरले लोसपाभित्र एकलौटी निर्णय गर्ने परम्परा नै हावी भएको र सक्रिय नेता कार्यकर्तालाई समेत कुनै सम्मान नरहेकोले आफूले पार्टी परित्याग गरेको बताइन ।
नवप्रवेशी ठाकुर लगायतकाहरूलाई तमलोपाका अध्यक्ष बृषेशचन्द्र लाल, वरिष्ठ नेता डा. विजय कुमार सिंह, केन्द्रीय सदस्य बिन्दु ठाकुर, उमेश मण्डल, सतिशलाल दास, जिल्ला अध्यक्ष धिरेन्द्र बहादुर सिंहलगायतकाले टीका लगाई पार्टीमा स्वागत गरेका छन् ।
यसअघि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-३ का वडाध्यक्ष दिपेन्द्र कुमार साहले पनि लोसपा परित्याग गरि तमलोपामा प्रवेश गरिसकेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


