एमालेले जनकपुरधाम उपमहानगरको उम्मेदवारको टुंगो लगाउन सकेन्

जनकपुरधाम, १० बैशाख । मनोनयन दर्ताको पूर्वसन्ध्यामा नेकपा एमालेले जनकपुरधाम उपमहानगरपालिकाको उम्मेदवारको टुंगो लगाउन सकेको छैन् ।
एमालेको शनिबार बसेको सचिवालय बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा ५ महानगर र ९ उपमहानगरको उम्मेदवार चयन गरेपनि जनकपुरधाम उपमहानगरको उम्मेदवार चयन गर्न नसकेको हो ।
जनकपुरधाममा सुरुमा शिवशंकर साह हिराको मात्र एकल नाम सिफारिस भएपनि केही दिनअघि मात्र लोसपा परित्याग गरी जानकीराम साह एमालेमा प्रवेश गरेपछि उम्मेदवार छान्न सकस भएको स्रोतको दाबी छ ।
जनकपुरधाममा एमालेबाट मेयर पदका उम्मेदवार को हुने भन्ने टुंगो पार्टीले अझै लगाउन सकेको छैन । उपमहानगरमा जितपुरसिमराको उम्मेदवार पनि टुंग्याउन बाँकी रहेको छ ।
शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले महानगरमा भरतपुर र वीरगञ्जको उपप्रमुखको उम्मेदवार चयन हुन बाँकी रहेको छ भने विराटनगरको प्रमुख र उपप्रमुख टुङ्याउन बाँकी छ ।
बैठकले अन्य ५ महानगरमा उम्मेदवारको टुंगो लगाएको हो । एमालेले काठमाडौं महानगरको मेयरमा केशव स्थापितलाई उठाउने निर्णय गरेको छ भने ललितपुर महानगरपालिकामा हरिकृष्ण व्यन्जनकार र पोखरा महानगरपालिकामा दीपक पौडेललाई मेयरको टिकट दिएको छ ।
भरतपुरमा विजय सुवेदीलाई टिकट दिएको एमालेले वीरगन्जका लागि सरावगीलाई उम्मेदवार बनाएको छ ।
महानगरमा को ?
१. काठमाडौँ– प्रमुख : केशव स्थापित
उपप्रमुखः सुनिता डंगोल
२. ललितपुर– प्रमुखः हरिकृष्ण व्यञ्जनकार
उपप्रमुख : मञ्जली शाक्य बज्राचार्य
३. पोखरा – प्रमुखः दीपक पौडेल र
उप प्रमुखः मञ्जु देवी गुरुङ
४.भरतपुर– प्रमुखः विजय सुवेदी
उपप्रमुखः बाँकी
५. वीरगञ्ज– प्रमुखः विजय सरावगी
उपप्रमुखः बाँकी (तालमेल हुने)
६. विराटनगर– प्रमुखः बाँकी
उपप्रमुखः बाँकी
११ वटा उपमहानगर पालिकामा एमालेको तर्फबाट छानिएका उम्मेदवारहरू यस प्रकार छन् ।
१. इटहरीः प्रमुख यमकुमार सुब्बा, उपप्रमुख संगीता चौधरी
२.धरान : प्रमुख मञ्जु काफ्ले, पदम लिम्बु उपप्रमुख
३.जनकपुर : प्रमुख बाँकी, उपप्रमुख बाँकी
४.हेटौंडा : प्रमुख अनन्त पौडेल, उपप्रमुख : सुमित्रा काफ्ले
५.कलैया : प्रमुख विनोद साह, उपप्रमुख : बाँकी
६.जितपुर सिमराः प्रमुख बाँकी, उपप्रमुख: बाँकी
७.बुटवल :प्रमुख बाबुराम भट्टराई, उपप्रमुख : सावित्रा देवी अर्याल
८.तुल्सीपुर : प्रमुख टीकाराम खड्का, उपप्रमुख : स्यानी चौधरी
९.घोराही : प्रमुख नरुलाल चौधरी, उपप्रमुख : मनकुमारी डिसी
१०.नेपालगन्जः प्रमुख पशुपति दयाल मिश्र, उपप्रमुख : शान्तिदेवी ढकाल
११.धनगढी : प्रमुख रणबहादुर चन्द, उपप्रमुख : चन्द्रकला राना थारु
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


