एजेन्सी, १० बैशाख । जापानी तटरक्षकले २६ जना सवार हराइरहेको काजु १ क्रुज जहाज भेट्टाउन नसकेको जापानी क्योडो समाचार एजेन्सीले मेरीटाइमलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

एजेन्सीका अनुसार चालक दलका दुई सदस्य र दुई बालबालिकासहित २४ जना यात्रु सवार उक्त डुंगा उच्च छाल र तीव्र हावाको बावजुद उत्तरी टापु होक्काइडोको पूर्वी बन्दरगाहबाट छुटेको थियो ।

कोस्ट गार्डद्वारा लगभग १६.१५ जीएटीमा संकट देकिएको संकेत प्राप्त भएको थियो। एक हेलिकप्टर र गस्ती जहाजहरू संदिग्ध स्थानमा पठाइएको थियो । तर दुई घण्टाको खोजी पछि पनि उद्धारकर्ताहरूले जहाज पत्ता लगाउन सकेका छैनन् ।