भारत र रुस बीचको सम्बन्धलाई लिएर अमेरिकाले दियो चेतावनी

एजेन्सी, १० बैशाख । भारत र रुस बीचको सम्बन्धलाई लिएर अमेरिकाले फेरि एकपटक चेतावनी दिएको छ ।
पेन्टागनले अमेरिकाले रक्षा क्षेत्रमा रुसमाथिको आफ्नो निर्भरता घटाउन भारतलाई लगातार भनिरहेको बताएको हो ।
अक्टोबर २०१८ मा, भारतले रुससँग S–400 मिसाइल रक्षा प्रणालीका पाँच इकाइहरू किन्नको लागि ५ बिलियन डलर सम्झौतामा हस्ताक्षर गरेको थियो ।
त्यसबेला ट्रम्प प्रशासनले भारतले यो सम्झौता गरेमा अमेरिकाले प्रतिबन्ध लगाउन सक्ने चेतावनी पनि दिएको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार अमेरिकाले टर्कीलाई आफ्नो सीएएटीएसए कानुन अन्तर्गत रुसबाट.क्–द्धण्ण् मिसाइल प्रणाली किन्न प्रतिबन्ध लगाएको छ ।
पेन्टागनका प्रेस सेक्रेटरी जोन किर्बीले पत्रकारहरूलाई भने, ‘हामीले यस मुद्दामा भारत र अन्य देशहरूसँग आफ्नो अडान स्पष्ट गरिसकेका छौँ कि हामी उनीहरू रक्षा आवश्यकताहरूका लागि रुसमा निर्भर नरहोस् भन्ने चाहन्छौँ । हामी तिनीहरूलाई यसो नगर्न आग्रह गरिरहनेछौँ । उनले थपे, ‘हामी भारतसँग हाम्रो रक्षा सहयोगलाई महत्त्व दिन्छौँ । हामी यो सम्बन्धलाई अगाडि बढाउन चाहन्छौँ । यो अगाडि बढ्नेछ किनभने हाम्रो सम्बन्ध महत्त्वपूर्ण छ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


