काठमाडौं, १० बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा १८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६९१ जनाको पीसीआर परीक्षण गर्दा १८ र १ हजार २५६ जनाको एन्टिजेन परीक्षण गर्दा शून्य जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन भने १७ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ९११ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ । त्यस्तै, ९ लाख ६६ हजार ४९८ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर २८३ जना सक्रिय संक्रमित रहेका छन् ।