लोसपाले लगायो जनकपुरधामको मेयर र उपमेयरको टुंगो, मेयरमा चौधरी र उपमेयरमा मिश्रले उम्मेदवारी दिने

जनकपुरधाम, १० बैशाख । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले जनकपुरधाम उपमहानगरमा मेयर र उपमेयरको उम्मेदवारको नाम टुंगो लगाएको छ ।
लोसपाले जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा मनोज चौधरी र उपमेयरमा रिता कुमारी मिश्रको नाम टुंगो लगाएको हो ।
लोसपाको केन्द्रीय कमिटी बैठकले मेयरका लागि चौधरी र उपमेयरमा मिश्रको सर्वसम्मत रुपमा नाम सिफारिस गरिएको छ ।
जिल्ला हुँदै प्रदेशबाट सिफारिस भएका नाम केन्द्रीय कार्यालयको विस्तारित बैठकले टुंगो लगाइएको हो ।
यसअघि जनकपुरधामका उपमेयर रहेका मिश्रलाई पुनः उपमेयरका लागि नाम टुंगो लगाएको हो भने मेयरका अर्का आकांक्षी जानकी राम साहले पार्टी परित्याग गरेपछि चौधरी स्वत : सर्वसम्मत सिफारिस भएका हुन् ।
यसअघि गत चैत २७ गते बसेको लोसपा नेपाल धनुषाको नगर स्तरीय बैठकबाट आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि नगरप्रमुखमा ५ जना र उपप्रमुखमा ५ जनाको नाम सिफारिस गरेको थियो ।
बैठकबाट जनकपुरधामको नगरप्रमुखका लागि मनोज कुमार चौधरी, परमेश्वर साह, संजय चौधरी, अमर पंजियार र जानकी राम साहको नाम सिफारिस गरिएको थियो ।
त्यस्तै, उपप्रमुखमा विभा ठाकुर, विभा पाण्डे, रिता कुमारी मिश्र, पुनम झा मैथिली र पुनम साहको नाम सिफारिस गरिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


