एजेन्सी, १० बैशाख । आईपीएलमा टिम दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई जरिवाना गरिएको छ ।

ऋषभ सहित ३ जनालाई आइपीएलले जरिवाना गरेको हो ।

शुक्रबार राति राजस्थान रोयल्सविरुद्धको खेलको अन्तिम ओभरमा ऋषभले हाइ फुलटस बलमा नो बलको माग गरेका थिए । त्यसपछि मैदानमा केही समय विवाद उत्पन्न भएको थियो ।

त्यसपछि ऋषभ पन्त, दिल्लीका सहायक प्रशिक्षक प्रविन अमरे र तीव्र गतिका बलर शार्दुल ठाकुरलाई आइपिएलको नियम अनुसार जरिवाना लागेको हो ।

पन्त र आमरेलाई म्याच फि को शतप्रतिशत र शार्दुल ठाकुरलाई ५० प्रतिशत म्याच फि को जरिवाना लागेको आइपिएलले जनाएको छ ।