सांघाईमा कोरोनाका कारण थप १२ जनाको मृत्यु

एजेन्सी, १० बैशाख । चीनको सांघाईमा कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणको चपेटामा परेको सांघाईमा पछिल्लो साता दिनहुँ जसो संक्रमणका कारण मृत्यु भएको छ । यसअघि ११ जना संक्रमितको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो ।
शुक्रबार सांघाईमा २० हजार ६३४ जना नयाँ संक्रमित भेटिएका थिए । पछिल्लो पटक कोभिडबाट मृत्यु भएका व्यक्तिहरु बृद्धबृद्धा रहेको चीन सरकारले जनाएको छ ।
उनीहरूमा स्वास्थ्यसम्बन्धी दीर्घकालीन समस्या रहेको पनि जनाइएको छ । त्यस्तै उनीहरू कसैले पनि कोभिड खोप नलगाएको सरकारले दाबी गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


