सप्तरीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा तीनजनाको मृत्यु

सप्तरी, १० बैशाख । सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरूमा हनुमाननगर कङ्कालिनी नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव र बुच्चु भनिने २५ वर्षीय रञ्जीत यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
सप्तरीको भारदहबाट पथरगाडातर्फ जन्ती जाँदै गरेको प्रदेश १–०२४१ प २२९६ र प्रदेश १ –०२०४१ प ९५२४ नम्बरको मोटरसाइकल एकापसमा ओभरटेक गर्ने क्रममा ठोकिएका थिए ।
दुबै मोटरसाइकलमा सवार तीनैजना गम्भीर घाइते भएका थिए ।
उनीहरुलाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल लग्दा चिकित्सकले मृत घोषणा गरेको डिएसपी काफ्लेले जानकारी दिए ।
मृतकहरूको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


