अभिनेत्री वर्षा सिवाकोटीले गरिन् गुपचुप विवाह

काठमाडौं, ९ बैशाख । अभिनेत्री वर्षा सिवाकोटीले पनि गुपचुप रुपमा नै विवाह गरेकी छिन् । आफन्तहरु र अत्यन्त निकट साथीभाइलाई बोलाएर उनले शुक्रबार विवाह गरेकी हुन् ।
उनले अमेरिकामा बसोबास गर्ने आशिष नामका युवासँग विवाह गरेकी हुन् ।
वर्षा केही समयदेखि आशिषसँग प्रेममा थिइन् । उनीहरुको विवाह नागार्जुनमा रहेको एक रिसोेर्टबाट भएको हो ।
विवाहलाई गोप्य राख्ने प्रयास गरेकाले वर्षाका विवाहका तस्वीर बाहिर आएका छैनन् । यसअघि अर्की अभिनेत्री केकी अधिकारीले पनि गुपचुप विवाह गरेकी थिइन् । बिहीबार केकीले सामाजिक सन्जालमा विवाहका तस्वीर राखेकी थिइन् ।
यसअघि अभिनेता राज कटुवालसँग प्रेम सम्बन्धमा रहेको भनिएकी वर्षा र राजको सम्बन्ध केही समयअघि मात्र टुटेको थियो । त्यसपछि उनी अमेरिका पुगेकी थिइन् । अमेरिकाबाट फर्किएको केही दिनमा नै वर्षाले विवाह गरेकी हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


