शुक्रबार १८ नयाँ संक्रमित थपिए, २५ जना संक्रमणमुक्त

काठमाडौं, ९ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा १८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १३३ जनाको पीसीआर परीक्षण गर्दा ९ र १ हजार ५१८ जनाको एन्टीजेन परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन भने २५ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ८९३ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ । त्यस्तै, ९ लाख ६६ हजार ४८१ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर २८२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २७९ जना होम आइसोलेसनमा र ३ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


