जनकपुरधाम, ९ बैशाख । नगरप्रमुखको उम्मेदवार बन्न मधेस प्रदेशका एकजना प्रदेश सभा सदस्यले पदबाट राजीनामा दिएका छन् ।

स्वतन्त्र उम्मेदवार भई प्रदेश सभा सदस्यमा निर्वाचित शेखअब्दुल कलाम आजादले शुक्रबार पदबाट राजीनामा दिएका हुन् ।

रौतहटको गढीमाई नगरपालिकाको मेयर पदमा उम्मेदवार बन्न आफूले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएको कलामले बताए ।

कलामले प्रदेश सभा सचिवालयमा राजीनामा पत्र बुझाइसकेका छन् ।

रौतहटको क्षेत्र नम्बर ४ को ‘ख’ बाट प्रत्यक्ष निर्वाचित सांसद कलाम पछिल्लो समय जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका थिए ।