जनकपुरधाम, ९ बैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले उम्मेदवार तय गर्न १३ हजार टिकटमा हस्ताक्षर गरेका छन् ।

शुक्रवारबाट लोसपाले उम्मेदवारलाई टिकट वितरण सुरु गर्न लागेको छ ।

उम्मेदवारको टुङ्गो लगाउन लोसपाको कार्यालयमा शीर्ष नेताहरुको बैठक जारी रहेको छ ।

बिहीबार बसेको कार्यकारिणी समितिको बैठकमा देशभर लोसपाको चुनावी अवस्थाका बारेमा ब्रिफिङ भएको थियो ।

लोसपाका कार्यकारिणी सदस्य अकवाल मियाँले जिल्लामा जिम्मेवारी लिएर खटिएका कार्यकारिणी सदस्यहरुले आ–आफ्नो ब्रिफिङ सुनाएको बताए ।