दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ९० हजार ८६७ नयाँ संक्रमित थपिए

एजेन्सी, ८ बैशाख । दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ९० हजार ८६७ कोरोनाका नयाँ संक्रमित भेटिएका छन् ।
यसैसँगै कोरोनाका कुल संक्रमितको संख्या १ करोड ६६ लाख ७४ हजार ४५ पुगेको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।
कोरिया रोग नियन्त्रण र रोकथाम निकायका अनुसार अघिल्लो दिन कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ३१९ रहेको थियो । गत २४ घण्टा अर्थात बुधबार मध्यरातसम्म कोरोना सङ्क्रमणको कारण थप १४७ मृत्यु भएको जनाइएको छ । यसैसँगै कोरोना सङ्क्रमणको कारण दक्षिण कोरियाका कुल मृतकको संख्या २१ हजार ६६७ पुगेको छ ।
साथै कोरोनाको कारण गम्भीर अवस्थामा रहेका संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा ३८ जनाले बढेर ८४६ पुगेको समाचारमा जनाइएको छ । दक्षिण कोरियामा कोरोना विरुद्व खोपको दुई डोज प्राप्त गर्ने व्यक्तिहरूको संख्या चार करोड ४५ लाख ३० हजार ४२५ रहेको छ । उक्त संख्या कुल जनसंख्याको ८६.८ प्रतिशत भएको जनाइएको छ ।
–सिन्ह्वा
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


