बिहीबार १५ नयाँ संक्रमित थपिए, ३२ जना संक्रमणमुक्त

काठमाडौं, ८ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा १५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८३ जनाको पीसीआर परीक्षण गर्दा १२ र १ हजार ४६४ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन भने ३२ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ८७५ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ । त्यस्तै, ९ लाख ६६ हजार ४५६ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर २९८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २९५ जना होम आइसोलेसनमा र ३ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


