फ्रेन्च लिग वानमा पिएसजी विजयी

एजेन्सी, ८ बैशाख । फ्रेन्च लिग वानमा बुधबार राति सम्पन्न खेलमा लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएको छ । पिएसजी घरेलु टोली एन्जर्समाथि ३–० गोल अन्तरले विजयी भएको हो ।
रेमण्ड कोपा स्टेडियममा पिएसजीलाई जित दिलाउन केलियन एम्बाप्पे, सर्जियो रामोस र मार्क्विवन्होसले एक÷एक गोल गरे । खेलको २८ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको थप गरिएको समयमा रामोसले टोलीको अग्रता दोब्बर बनाए ।
७७ औं मिनेटमा मार्क्विवन्होसले गोल गरेपछि पिएसजीले ३–० को सहज जित निकाल्यो । थप गरिएको समयमा इडुवार्डो मिचुटले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि पाहुना टोली १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै शीर्ष स्थानको पिएसजीले ३३ खेलमा ७७ अंक जोडेको छ । पराजित एन्जर्स समान खेलबाट ३४ अंकका साथ १४ औं स्थानमा छ । उपाधिका लागि भने पिएसजीले अझै कुर्नुपर्ने भएको छ ।
दोस्रो स्थानको मार्सेलीले नान्टेसलाई हराएपछि उसले उपाधिका लागि कुर्नुपर्ने भएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


