केकीले आफ्नै साथीहरुलाई पनि थाहा दिइनन् विवाहबारे

काठमाडौं, ८ बैशाख । अभिनेत्री केकी अधिकारीको विवाह भएको छ । तर, ग्लामर संसारमा हुने विवाहको चर्चालाई गुपचुप नै राखिन् अधिकारीले । कतिसम्म भने उनका अत्यन्त निकट साथीभाइलाई पनि यसबारे उनले जानकारी दिएकी रहिनछिन् ।
त्यसो त जसलाई जानकारी दिएकी थिइन्, उनीहरुले पनि यो कुरालाई बाहिर ल्याएनन् ।
त्यसैले व्यवसायील रोहित तिवारीसँग लगनगाँठो कसेकी केकीको विवाहबारे थप केही गसिपहरु पक्कै बन्नेछन् । उनले सार्वजनिक नगरेसम्म विवाहका तस्वीरहरु पनि पक्कै बाहिर आउने छैनन् । किनकि उनले आफूसँग चिनजानका नजिकका साथीभाइलाई समेत विवाहमा बोलाएकी छैनन् ।
आखिर केकीले किन यस्तो गरिन् त ?
खासमा उनले यो लामो समयदेखि नै बनाएको योजना थियो । किनकि उनले यसअघि साथीहरुलाई आफूले सुटुक्क विवाह गर्छु भनेर सेयर गरेकी थिइन् ।
अनि भन्ने गरेकी थिइन्– मेरो विवाह यति चुपचाप हुन्छ कि तपाईंहरुले समाचारबाट थाहा पाउनु हुनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


