काठमाडौं, ८ बैशाख । नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले आफ्नो सामाजिक सञ्जालमा नामको पछि ‘सूर्यकुमारी’ थपेकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो नामको पछाडि कोस्टमा ‘सूर्यकुमारी’ थपेकी हुन् ।

एमाले प्रवेश गरेपछि सार्वजनिक कार्यक्रममा बोल्दै उनले आफ्नो न्वारानको नाम सूर्यकुमारी रहेको खुलाएकी थिइन् ।

उक्त अभिव्यक्ति पछि आएका विभिन्न टीकाटिप्पणी सेलाउन नपाउँदै उनले सामाजिक सञ्जालमा आफ्नो नामको पछाडि सूर्यकुमारी थपेकी हुन् ।

उनले आफ्नो अभिव्यक्तिलाई लिए चर्चा गर्नेप्रति लक्षित गर्दै समाजिक सञ्जालमा ‘सूर्य कुमारी, मेरो न्वारानको नाम थाहा पाउँदा धेरैलाई पोल्यो । भिटामिन डी प्राप्त भयो । राम्रो हो’ भन्दै व्यङ्ग्य गरेकी थिइन् ।