सिरहामा बस र ट्रक एकआपसमा ठोक्किँदा ३१ जना घाइते

सिरहा, ८ बैशाख । सिरहामा बस र ट्रक एकआपसमा ठोक्किँदा ३१ जना घाइते भएका छन् ।
जन्तीबाट फर्कदै गरेको ना ६ ख ८२०१ नम्बरको बस र विपरित दिशाबाट आइरहेको को १ ख ५४३४ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिका ४ चोहर्वामा जन्ती बोकेर फर्किरहेको बस र विपरित दिशाबाट आइरहेको ट्रक एकापसमा ठोक्किएको थियो ।
घाइतेहरुमा महोत्तरीको भङ्गहा नगरपालिका–३ टिकुलियाका ४४ वर्षीय सुनिल सिंह, ६५ वर्षीय महेन्द्र चौधरी, गौशाला नगरपालिकाका ४५ वर्षीय लालो चौधरी, धनुषाका १२ वर्षीय अर्जुन चौधरी, दुवै गाडीका चालकलगायत ३१ जना रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएकाहरूको अवस्था सामान्य रहेको र उनीहरूको स्थानीय लाइफ लङ्ग हस्पिटल र गोलबजार हेल्थ केयर सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


