जनकपुरधाम, ८ बैशाख । मधेस प्रदेशको वीरगञ्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच चुनावी गठबन्धन गर्ने सहमति भएको छ ।

३० वैशाखमा हुने चुनावमा वीरगञ्जको मेयरमा एमालेका विजयकुमार सरावगी उम्मेदवार बन्ने भएका छन् भने उपमेयरमा लोसपाका पुरूषोत्तमलाल झा उम्मेदवार बन्ने छन् ।

सरावगी वर्तमान मेयर पनि हुन् । उनी हालै मात्र एमालेमा प्रवेश गरेका थिए । एमाले केन्द्रीय सदस्य अरविन्द सिंहले यसको पुष्टि गरे । वडाध्यक्ष र सदस्यको हकमा भने टुंग्याउन बाँकी रहेको छ ।

यसअघि सत्ता गठबन्धनबाट वीरगञ्जको मेयरमा जनता समाजवादी पार्टी र उपमेयरमा कांग्रेसको उम्मेदवारी रहने सहमति भइसकेको छ ।