काठमाडौं, ७ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी देशहरुमा संक्रमण बढिरहेकोप्रति सचेत गराएको छ ।

मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले छिमेकी मुलुकहरुमा संक्रमण बढ्दै गएकाले प्रवेश विन्दु, सिमामा विशेष सावधानी अपनाउन सम्वन्धित निकायलाई अनुरोध गरेकी छन् ।

केही दिनयता चीन र भारतमा संक्रमण बढिरहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा १३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।