काठमाडौं, ७ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा १३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५२८ जनाको पीसीआर परीक्षण गर्दा ९ र १ हजार ३४९ जनाको एन्टीजेन परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन भने २५ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ८६० पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ । त्यस्तै, ९ लाख ६६ हजार ४२४ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ३१८ जना सक्रिय संक्रमित रहेका छन् ।