एजेन्सी, ७ बैशाख । अस्ट्रेलियन पूर्वटेनिस स्टार अस्ले बार्टीले गल्फ प्रदर्शनी श्रृंखला खेल्ने भएकी छन् । उनले त्यसका लागि सम्झौता पनि गरिसकेकी छिन् ।

२५ वर्षीया बार्टीले गएको मार्चमा टेनिसबाट अप्रत्यासित सन्न्यासको घोषणा गरेकी थिइन् । यो श्रृंखला आगामी जुलाईमा हुनेछ ।

बार्टीबाहेक म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओला र २३ पटक स्विमिङ च्याम्पियन माइकल फेल्पस लगायत खेलसँग सम्बन्धीत चर्चित अनुहारले यसमा सहभागिता जनाउने छन् ।

‘आफूलाई परीक्षण गर्न यो फरक अवसर हो,’ बार्टीले भनिन्, ‘यस शृंखलामा मेरो सहभागिताले विश्वभरका महिलाहरुलाई गल्फ खेल्न थप प्रेरणा मिल्ने छ भन्ने आशा गरेकी छु ।’

तीन पटक ग्रान्ड स्लाम विजेता बार्टीलेपछिल्लोपटक यही वर्ष अस्ट्रेलियन ओपन टेनिसको उपाधि थिइन् । बार्टीले व्यावसायिक क्रिकेट पनि खेलिसकेकी छन् । उनले क्विन्सल्याण्ड र ब्रिसबेन हिटबाट व्यवसायिक क्रिकेट खेलेकी थिइन् ।