एजेन्सी, ७ बैशाख । लखनउ सुपर जायन्ट्सका कप्तान केएल राहुललाई म्याच फिको २० प्रतिशत जरिवाना गरिएको छ ।

आइपिएल अन्तर्गत मंगलबार रोयल च्यालेंजर्स बैंगलोरविरुद्धको खेलमा लिगको आचारसंहिता उल्लंघन गरेको भन्दै उनलाई जरिवाना गरिएको हो ।

मुम्बईस्थित डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मैदानमा भएको खेलमा राहुलसँगै अलराउन्डर मार्कस स्टोनिससलाई पनि लेभल एकको कारबाही गरिएको छ । स्टोनिसले खेलमा आउट भएपछि अपशब्द बोलेका थिए ।

स्टोनिसले १८.२ ओभमरमा जोस हेजलउडले बोल्ड गराउँदा गाली गर्दै अपशब्द बोलेको स्टम्प माइकमा प्रष्ट सुनिएको थियो । उनले १५ बलको सामना गर्दै २४ रन बनाए । उक्त खेलमा लखनउ १८ रनले पराजित भएको थियो ।

लखनउ सात खेलमा आठ अंकका साथ चौथो स्थानमा छ ।