‘सिल्ली फो’ ३१ असारमा प्रदर्शन हुने

काठमाडौं, ६ बैशाख । अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘सिल्ली फो’ ३१ असारमा प्रदर्शन हुने भएको छ ।
निर्माण युनिटले मंगलबार फिल्मको एक पोष्टर सार्वजनिक गर्दै फिल्मको रिलिज मिति घोषणा गरेको हो ।
राजबहादुर सानेको लेखन तथा निर्देशन र मनोज डिके निर्माता रहेको फिल्ममा केकीका अलावा धीरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापा, पुर्णचन्द्र पोखरेल (मामाजी), अनिता श्रेष्ठ, सरस्वती रम्जाली मगर, रेजिना थापा, राज गौतम (केशव), अम्बर बहादुर विष्ट (सागर), सौजन बोहोरा, जयमन बिश्वकर्मा लगायतका कलाकारको अभिनय छ ।
देव महर्जनको द्वन्द्व, शिव विकको कोरियोग्राफी, पुरुषोत्तम न्यौपानेको संगीत, तारा थापा ‘किम्भे’को सम्पादन रहेको फिल्मलाई श्रीराम बालाजी फिल्मस्ले देशभर वितरण गर्दैछ । फिल्मल समसामाहिक कथा उठाएको निर्माण पक्षले जानकारी दियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


