भारतमा कोरोनाबाट दैनिक संक्रमितको संख्या ९० प्रतिशतले वृद्धि

एजेन्सी, ६ बैशाख । भारतमा कोरोनाबाट दैनिक संक्रमितको संख्या झण्डै ९० प्रतिशतले वृद्धि भएको छ ।
कोरोनाको नयाँ भेरियन्टको रूपमा रहेको ओमिक्रोनको संक्रमण पछिल्लो केही दिनदेखि फेरि बढ्न थालेको हो ।
पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार १५० जना संक्रमित भएका छन् । त्यसैगरी १ हजार ९८५ जना संक्रमणमुक्त भएका छन् । संघीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिले ११ हजार ५४२ जना सक्रिय संक्रमित रहेका छन् ।
भारतमा अहिलेसम्म कोरोनाबाट संक्रमित भएर संक्रमणमुक्त भइसकेकाहरूको संख्या ४ करोड २५ लाख १० हजार ७७३ पुगेको छ ।
कुल संक्रमितमध्ये ९८.७६ प्रतिशत संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म ५ लाख २१ हजार ९६५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


